४४ म्यानपावरको काम कारबाही रोक्का

Posted on: 25 Apr, 2017

 बैशाख १२, काठमाडौँ | वैदेशिक रोजगार  विभागले  चालु आर्थिक वर्षमा अदालतको अन्तरिम आदेशबाट दर्ता भएका ४४ म्यानपावर कम्पनीका श्रम स्वीकृति रोक्का गरेको छ । 

व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले गतहप्ता दिएको निर्देशन कार्यान्वयन गर्दै पूर्व स्वीकृति लिएको डिमाण्डमा अन्तिम श्रम स्वीकृति दिनेगरी कारोबार रोक्का गरेको हो । विभागका अधिकृत टंकप्रसाद चालागाईले काठमाडौं कार्यालय ताहाचललाई ‘काम कारबाही रोक्का सम्बन्धमा’भन्दै कारोबार रोक्न निर्देशन दिँदै विहीबार पत्र पठाएका छन् । 

समितिले चालु आर्थिक वर्षमा अदालतको अन्तरिम आदेश, फैसला र मन्त्रालयको निर्देशन अनुसार १ सय ११ म्यानपावर कम्पनी दर्ता भएका थिए । अन्तरिम आदेशले दर्ता भएका मध्ये ६ वटा म्यानपावर कम्पनीले  विभागमा अदालतको अन्तिम फैसला पेश गरी आफ्नो कारोबार बन्द हुनबाट बचाएका छन् ।  कुन-कुन म्यानपावर रोक्का भए यहाँ क्लिक गरि हेर्नुहोस 

>> बैदेशिक रोजगारीको अन्तर्वार्ता दिंदैहुनुहुन्छ भने यी ७ कुरा ध्यान दिनुस्  

यस बिषयमा तपाइको प्रतिक्रिया...!