'यो ठगलाई जापानमा भएका नेपालीहरुले समाएर नेपाल पठाईदिनुपर्यो'

Posted on: 26 Apr, 2017

काठमाडौँ | न्युज 24 को प्रख्यात टेलिभिजन कार्यक्रम जनतासँग सिधा कुरामा पत्रकार रवि लामीछानेसँग सिधा स्काईपमा कुरा गरेका गोविन्द तिवारी धेरै नेपालीहरुलाई जापान लैजाने भन्दै ठगि गर्ने पिडक हुन् | 

टेलिभिजन कार्यक्रममा तिवारीले धेरै नेपालीलाई ठगेको भन्दै गुनाशो आएपछि टेलिभिजनले उनको बिषयमा प्रमाण जम्मा पारेको थियो | टेलिभिजनले उनको बिषयमा निरन्तर फलो गरेपछि उनि खुलम-खूला सबैलाई प्रमाण देखाउन भन्दै लाइभ कार्यक्रममै आक्रोशित बनेका छन् | उनले नेपालको कानुनलाई समेत खिल्ली उडाउँदै पिडितहरुलाई प्रमाण जुटाए २/३ बर्षमा पैसा तिर्ने बताएका छन् | 

यो पनि पढ्नुहोस> सरकारले रोक्का गर्यो ४४ म्यानपावरको काम (कुन-कुन परे?)

जनतासँग सिधा कुरा कार्यक्रममा उनको प्रतिक्रिया सुनीसकेपछी युटुबमा उनीविरुद्ध केहि घण्टामा सयौं प्रतिक्रियाहरु आएका छन् | एक जनाले त प्रतिकृयामा भनेका छन् 'यो ठगलाई जापानमा भएका नेपालीहरुले समाएर नेपाल पठाईदिनुपर्यो |'

हेर्नुस भिडियो  


यस बिषयमा तपाइको प्रतिक्रिया...!