विदेशबाट फर्कंदा सम्पति कुम्ल्याएर श्रीमती अर्कैसँग हिडेपछि...

Posted on: 17 Jun, 2017


असार ३, काठमाडौँ । 'श्रीमतीलाइ खुसी र सुखी राख्ने सपना बोकेर रोजगारीका लागि कतार गएँ' गोरखा सिरान्चोकका टप बहादुर गुरुङले  मर्माहत हुँदै भने- 'स्वदेश फर्कदा त पापिनिले सबै सम्पति कुम्ल्याएर अर्कैसंग गैसकीछे'।

बैदेशिक रोजगारीको शिलसिलामा दुई बर्ष अघि कतार गएका गुरुङले प्रण प्यारी ठानेर आफ्नी श्रीमती शुशिला गुरुङका नाममा बारम्बार पैसा पठाइरहे । टेलिफोनमा कुरा हुँदा टप बहादुरलाई शुशिलाले अति माया गर्ने बताउथिन । टप बहादुरले शुशिलाको नाटकलाई बुझ्न सकेनन् । बुझुन पनि कसरी ? उनले आफुलाई भन्दा बढी बिस्वास र माया आफ्नी श्रीमतीलाई गरेका थिए ।

२०७२ सालमा टप बहादुर र शुशिलाको धुमधामका साथ् बिहे भयो । गाउँको परम्परा अनुसार नै मागी बिहे गरेका उनीहरुले एक महिना रमाइलो संग बिताए । त्यसपछि श्रीमतीलाइ खुशी राखनाका लागि पैसा कमाउन कतार गए ।

कतार गएर बेकरी क्याफेमा काम गरेका टप बहादुर कमाय जति सबै पैसा श्रीमतीलाइ पठाउने गर्थे । श्रीमतीले  पैसा जोगाएर राखेकी होलिन भन्नेमा उनि ढुक्क थिए । तर, नतिजा फरक आइदियो ।

विदेश गएको लामो समयसम्म राम्रो भयो भनि पछिल्ला दिनहरुमा शुशिलाको व्यवहार परिवर्तन भयो । टेलिफोन प्रायः ब्यस्त हुन थाल्यो । उनले केहि शंका पनि गर्ने गरे । तर आधार भेटाएनन । 

उनि बिदेशमा दुख गर्दा गर्दै गाउँमा श्रीमती हराएको खबर सुने । श्रीमती हराएको पिडामा उनि हतारिएर काठमाडौँ आए । जोडतोडले श्रीएमतिको खोजि गरे । केहि समयपछी थाहा भयो शुशिलाले लमजुङ दुधपोखरीका समिर परियारसंग बिहे गरिसकी छन् ।

आफुलाई भन्दा बढी माया गरेकी  श्रीमती अर्कै संग गएको थाहा पाएपछि टप बहादुर बेचैन  भए । शुशिलाले टपलाइ मात्र छाडीनछन, उनले विदेशबाट पठाएको सबै रकम र गरगहना पनि बोकेर हिडीछन ।

टप बहादुरका अनुसार शुशिलाले ३ लाख रुपैयाँ नगद र  साढे दूई तोला सुन लिएर आरके संग बिहे गरिछन ।

सुख र खुशीको सपना बोकेर विदेश गएका टप बहादुरको जीवन उजाडिएको छ यतिबेला । र, उनले न्यायका लागि जिल्ला प्रहरी कार्यालय संग गुहार मागेका छन् । आफुले कमाएको पैसा र गहना फिर्ताको लागि उनि भौतारिरहेका छन् । तर, प्रहरीले उनको कुनै सुनुवाई गरेको छैन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!