दुवईमा ट्राफिक जरिवानामा परेकाहरुलाई ५० प्रतिशत छुट

Posted on: 24 Jun, 2017

असार १०, काठमाडौँ ।  दुबईमा गाडी चलाउँदा ट्राफिक जरिवानामा परेर पनि तिर्नुभएको छैन भने अब जरिवानामा ५० प्रतिशत छुट हुने भएको छ । 

इयर अफ गिभिङको अवसरमा दुवईले ट्राफिक जरिवानामा ५० प्रतिशत छुट् दिने निर्णय गरेको हो । सन् २०१६ भन्दा अघि देखि ट्राफिक जरिवाना तिर्न बाँकी भएकाहरुले पनि यो अवसरमा ५० प्रतिशत छुट् पाउने छन् ।

जरिवाना अनलाइनबाट समेत तिर्न मिल्ने व्यवस्था गरिएको दुवई प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!