कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, यसरि हेर्नुहोस नतिजा

Posted on: 25 Jul, 2017

साउन १०, काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस)को नतिजा प्रकाशित भएको छ ।

 यो वर्ष ७५ हजार ५ सय ८० जनाले भाषा परीक्षाको लागि आवेदन दिएका थिए जस मध्ये  ९ हजार ७ सय ९६ जना महिला र  ६५ हजार ७ सय ८४ पुरुष  थिए ।

यी मध्ये  ६८ हजार ४ सय ६९ जना मात्र परीक्षामा सम्मिलित थिए । उनीहरु मध्ये १२ हजार १०८ उत्तीर्ण भएका ईपीएस कोरिया शाखा प्रमुख बाबुराम खतिवडाले जानकारी दिए । उनका अनुसार कृषितर्फ करिब साढे सात हजार परीक्षार्थी उत्तीर्ण भएका छन् ।

सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो । तर, केही परीक्षार्थीले जेठ २७ र २८ गतेको परीक्षामा जाँच दिन नपाएपछि फेरि एक हप्ता कम्प्युटरमार्फत परीक्षा लिएर भोलि नतिजा प्रकाशित गर्न लागिएको हो ।

गत वर्ष ३५ सय युवा कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका थिए । परीक्षामा उत्तीर्ण भएका सबै कोरिया जान पाउँछन् भन्ने ग्यारेन्टी भने नहुने ईपीएस शाखाले जनाएको छ । पास भएकालाई रोष्टर लिष्टमा राखेर लेबर कन्ट्रयाक्ट दिने गरिएको छ ।

यी तलका लिंकमा गएर हेर्नुहोस नतिजा 

http://www.dofe.gov.np/new/

http://www.mole.gov.np/ 

http://www.dofe.gov.np/new/

https://www.eps.go.kr/ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!