बैदेशिक रोजगारीमा मृत्यु भएकाको परिवारलाई ७ लाख, सन्तानलाई निशुल्क शिक्षा र निशुल्क वकिल

Posted on: 31 Jul, 2017

साउन १६, काठमाडौँ | सरकारले बैदेशिक रोजगार नियमावली–२०७४ को संशोधन गरेसंगै मृतक परिवारले पाउने राहत रकम बढाएको छ भने मृतकको सन्तानलाई उच्च शिक्षासम्म निशुल्क पढाइदिने भएको छ । 

नियामाव्लीमा यसअघि मृतक परिवारले ३ लाख रुपैयाँ पाउनेमा आजदेखि नै लागु हुने गरि ७ लाख पाउने भएका छन् । 

त्यस्तै नीतिमा संसोधन गर्दै वोर्डले अव विदेश जेलमा रहेका नेपालीको कानुनी उपचारको लागि वकिल राख्न समेत बाटो खुलाएको छ । अब नेपालीको प्रतिरक्षा गर्नको लागि वकिल राख्नको लागि चाहिने बजेट पनि समेत सरकारले दिने भएको छ । 

बोर्डले मृतक परिवारका सन्तानलाई उच्च शिक्षा सम्म पढाइदिनुको साथै कामदारका परिवार विरामी भएमा ५० हजारसम्म उपचार खर्च दिने भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!