कामदारसँग बढी पैसा लिने म्यानपावरकी लेखापाल पक्राउ, सञ्चालक भागे

Posted on: 11 Aug, 2017

साउन २७, काठमाडौं । रोजगारीका लागि मलेसिया जाने कामदारसँग बढि रकम लिने म्यानपावरका लेखापाल पक्राउ परेका छन् । 

काठमाडौंको गैरीधारामा रहेको वाइड स्पेश इन्टरनेशनल म्यानपावर प्रालिका लेखापाल अनिता प्रधानलाई वैदेशिक रोजगार विभागले पक्राउ गरेको हो । 

विभागले गरेको अनुगमनका क्रममा एक जना कामदारसँग १ लाख ११ हजार रुपैयाँ लिंदै गरेको भटिएपछि पक्राउ गरिएको विभागका प्रवक्ता मोहनबहादुर अधिकारीले जानकारी दिए । 

अनुगमन टोली पुगेपछि म्यानपावर सञ्चालक राम श्रेष्ठ भागेको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!