वैदेशिक रोजगारीमा स्वीडेन पठाउँदा १० हजार मात्रै लिन निर्देशन

Posted on: 14 Aug, 2017


साउन ३०, काठमाडौं । वैदेशिक रोजगारीका लागि स्वीडेनमा नेपाली कामदार पठाउँदा १० हजार रुपैयाँभन्दा बढि नलिन श्रम तथा रोजगार मन्त्रालयले व्यवसायीलाई निर्देशन दिएको छ । 

२०७३ साल फागुन १८ गते १ सय ८५ जना कामदारको माग ल्याएर एक म्यानपावर कम्पनीले कामदारबाट लिन पाउने शुल्कबारे मन्त्रालयसँग सहमती मागेको थियो । 

पाँच महिनापछि आइतबार श्रम मन्त्रालयमा बसेको बोर्डको बैठकले सेवा शुल्क बापत बढिमा १० हजार रुपैयाँ मात्रै लिन सक्ने जनाएको हो । बोर्डको निर्णयपछि वैदेशिक रोजगार व्यसायी संघले १० हजारमा पठाउँदा फाइदा छैन भनेको र मन्त्रालयले त्यसो हो भने स्वीडेन कामदार नपठाउन निर्देशन दिएको संघको विज्ञाप्तीमा उल्लेछ छ ।

मन्त्रालयको निर्णयले नयाँ गन्तव्य देश खोज्न निरुत्साहीत गरेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले बताउनुभयो । सरकारले खाडीका ६ देश र मलेसियामा पहिले नै यो निर्णय गरेपनि कार्यन्वयन भने भएको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!