युएईको ११ हजारमा बेचिएकी नेपाली महिलाको एअरपोर्टबाटै यसरि गरियो उद्दार

Posted on: 15 Aug, 2017


 साउन ३१, काठमाडौँ । दलालले भारतको बाटो हँदै युएई ल्याएर घरेलु कामदारको रुपमा कुवेत पठाउँदै गरेकी सुरुङ्गा झापा घर भएकी मुना डाँगीलाई दुबई एअरपोर्टबाट उद्दार गरिएको छ ।

डाँगीलाई दलालले युएईको अजमानमा ल्याएर राखेको थियो । उनलाई कुवेत पठाउनका लागि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको थियो । विमानस्थलमा भेट भएकी नेपाली महिला दिपिका भण्डारीले सोधीखोजी गर्दा आफू दलालमार्फत युएई आएको र आफूलाई दलालले कुवेतमा बिक्री ल्याएको बताएपछि उनको उद्दारका लागि पहल भएको थियो ।

भण्डारीले एनआरएन युएईका अध्यक्ष सुदिप कार्कीसँग समन्वय गरी पिडित डाँगीको अवस्थाको बारेमा एअरपोर्ट प्रहरीलाई खवर रेकी थिइन । डाँगीले आफू कुवेत जान नचाहेको तर, नेपाल फर्कन आफूलाई केही थाहा नभएको बताईन । 

दुई छोरा र एक छोरीकी आमा डाँगी अहिले विमानस्थलमा छन् । उनको उद्दारमा पहल गर्ने दिपिका भण्डारीको पहलमा उनको नेपाल फिर्तीको टिकट व्यवस्था गरेर आज ५ बजे उनी नेपाल फर्किदै छन् ।

आफ्नो यात्राबीचमै रोकेर २४ घण्टासम्म निरन्तर पहलपछि नेपाली महिला डाँगीलाई उद्दार गरी नेपाल फर्काउन पाएकोमा भण्डारीले खुशी व्यक्त भनिन्, ‘नेपाली महिला दिदिबहिनीहरुलाई दलालले बेचेर धेरै दुःख दिएका छन् । एउटा नेपाली दिदीलाई उद्दार गर्न सके, खुशी लागेको छ ।”

डाँगीले युएई ल्याउने दलालले आफूजस्तै धेरै नेपाली महिलालाई बन्धक बनाएर राख्ने गरेको बताईन । उनीलगायत चार जना नेपाली महिला १२ दिन पहिले युएई आएका थिए ।

नेपालमा दलाल सम्झना राई र युएईमा दलालको नाम थाहा नभएको उनले बताइन । दुई दिन भारतमा राखेर भारतको बाटो हुँदै राम्रो भिषा र धेरै पैसा कमाइने आश्वासन दलालले दिएको उनले बताईन ।

आफूलाई कुवेतमा युएई दिहराम्स ११ हजारमा बेच्न लागेको थाहा पाएर कुवेत नजाने कुरा गर्दा दलालले पासपोर्टमा व्याण्ड लगाएर २ वर्ष युएईमा जेल हालिदिने धम्की दिएका थिए ।

कुवेत नजाने भए २ लाख नेपाली रुपैया दिनुपर्ने र विभिन्न धम्कीको कारण आफू बाध्य भएर कुवेत जान तयार भएको उनले बताइन । आफू नेपाली, बंगलादेशी, श्रीलकन गरी धेरै महिलाहरुलाई उक्त दलालले थुनेर राखेको बताइन ।

काम गर्न नसकेर फर्किएका महिलाहरुलाई दलालले आफ्नो पैसा डुबेको भन्दै कुट्ने, जबरजस्ती काममा लगाउने र धम्की दिने गरेको उनको भनाई छ । कहिलेकाँही प्रहरी चेक गर्न आउदा बाहिर लुकाएर राख्ने गरेका पनि उनले बताइन ।

उनी जस्तै भिजिट भिषा वा नक्कली भिषामा युएई ल्याएर कुबेत, ओमनलगायतका देशमा बेचबिखनका लागि ल्याइएका महिलाहरु दैनिक विमानस्थलमा भेटिने त्यहाँ कार्यरत नेपालीहरु बताउँछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!