दुवईमा ट्रक चालकका लागि कडा ट्राफिक नियम लागु

Posted on: 18 Aug, 2017

भदौ २, काठमाडौँ ।  दुवईमा ट्रक चालकका लागि नयाँ ट्राफिक नियम लागु भएको छ । 

गत असार १७ गतेबाट ट्रक चलाकका लागि कडा ट्रफिक नियम लागु भएको हो । ट्रक दुर्घनाका कारण वर्षेनी धेरैको ज्यान गएको भन्दै कडा कारवाहीको नियम ल्याइएको दुवई प्रहरीले जनाएको छ । गएको वर्ष दुवईमा ट्रकका कारण भएको दुर्घटनामा ४६ जनाको ज्यान गएको थियो । 


दुवईको संघीय ट्राफिक परिषदका अनुसार नयाँ ट्राफिक नियमले ट्रक चालकका लागि पहिलेको कारवाहीमा पाँच वटा कारवाही थपेको अन्तराष्ट्रिय संचारमध्यमले जनाएका छन् । 

१. हेभी गाडीका कारण नागरिकको जनजीवनमा प्रभाव पारेमा वा उनीहरुको सम्पत्तिको नोक्सान भएमा ट्रक चालकलाई तीन हजार दिर्हाम अर्थात झण्डै ८४ हजार रुपैयाँ जरिवाना र एक वर्षसम्म सवारी चालक अनुमती पत्र निलम्बन हुने छ ।

२. सडक बत्तिले गरेको संकेत पालना नगरेमा तीन हजार दिर्हाम अर्थात झण्डै ८४ हजार रुपैयाँ जरिवाना र एक वर्षसम्म सवारी चालक अनुमती पत्र निलम्बन हुने छ ।

३. ‘ओभरटेक’ गरेमा तीन हजार दिर्हाम अर्थात झण्डै ८४ हजार रुपैयाँ जरिवाना र एक वर्ष वर्षसम्म सवारी चालक अनुमती पत्र निलम्बन हुने छ ।

४. सडक लेनको पालना नगरेमा १५ सय दिर्हाम अर्थात झण्डै ४२ हजार रुपैयाँ जरिवाना र सवारी चालक अनुमती पत्रमा १२ वटा कालो दाग लगाइने छ ।

५. क्षमता भन्दा बढी सामान बोकेका ट्रक चलाएमा वा त्यसका कारण अरुलाई असर परेमा दुई हजार दिर्हाम अर्थात झण्डै ५६ हजार रुपैयाँ जरिवाना र छ वटा दाग लगाइने छ ।

त्यस्तै, एक राज्यमा ट्राफिक नियम उल्लङ्घ गरे अर्को राज्यको प्रहरीले पनि कारवाही गर्न सक्ने कानुन लागु भएको गल्फ न्युजले उल्लेख गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!