दुबईमा दम्पतीको मृत्युपछि परिवार शोकमा डुब्यो

Posted on: 29 Aug, 2017


भदौ १३, चितवन । वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका चितवनको रत्ननगर नगरपालिका–६ स्थित बछौलीका ३६ वर्षीय परशुराम सापकोटा र उनकी श्रीमती कल्पनाको मृत्युपछि परिवार शोकमा डुबेको छ ।

अकस्मात् छोरा–बुहारीको मृत्युले परशुरामकी आमा मिसकुमारी सापकोटा अचेत छिन् भने उनका अन्य परिवार शोकमा परेका छन् ।

परशुराम दुई वर्षअघि तथा कल्पना तीन वर्षअघि दुबईमा काम गर्न गएका थिए । कल्पना जुस उत्पादन कम्पनीमा काम गर्दै आएकी थिइन् । उनीहरु आफ्नै कोठामा शनिबार मृत फेलापरेको खबर आएको बुबा मोती सापकोटाले बताए ।

परशुराम झुन्डिएको अवस्थामा फेलापरेका थिए भने कल्पना घाँटीमा गम्भीर चोट भएको अवस्थामा मृत फेलापरेकी थिइन् । उनीहरुका १० र १४ वर्षका दुई छोरा रहेका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!