पोल्याण्डको रोजगारीमा यसरी भईरहेको छ खेल

Posted on: 09 Sep, 2017

काठमाडौं | पोल्याण्डको रोजगारीमा ठूलो चलखेल हुने गरेको भेटिएको छ । पोल्याण्डमा जाने नेपालीहरुको संख्या म्यानपावर मार्फत श्रम स्वीकृति लिएर जाने भन्दा झन्डै दोब्बर देखिएपछी त्यसको रहश्य खुलेको हो । पछिल्लो समय व्यक्तिगत श्रम स्वीकृति र बैधनिकीकरणका माध्यमबाट पोल्याण्ड जानेको संख्या बढेपछी यस कार्यमा सम्बन्धित निकायका कर्मचारीकै ठुलो चलखेल रहेको बुझिएको छ । 

सम्बन्धित निकायका कर्मचारीको मिलिमतोमा मोटो रकम लिएर व्यक्तिगत श्रम स्वीकृति लिएर पोल्याण्ड जाने गरेको बुझिएको छ । बैदेशिक रोजगार विभागले पोल्याण्ड पठाउने पानीपोखरीको युनिभर्सल इण्टरनेशनलमा अनुगमन गर्दा  चलखेल हुने गरेको रहश्य भेटिएपछी उक्त म्यानपावरको काम रोक्का गरिएको छ । म्यानपावरहरुले पोल्याण्डबाट डिमाण्ड ल्याउने तर पठाउँदा आफ्नो म्यानपावरको बाटो नगरी व्यक्तिगत रुपमा पठाउने गरेको पाइएको छ । म्यानपावरहरुले पूर्व श्रम स्वीकृति निकाल्ने तर पोल्याण्ड जस्तो आकर्षक देशमा कामदार नपाइएको भन्दै धमाधम डिमाण्ड रद्द गर्ने गरेको भेटिएको छ ।

म्यानपावर कम्पनीहरुले ल्याएको डिमाण्ड रद्द भएपछि दलालहरुले सोही डिमाण्डलाई व्यक्तिका नाममा प्रमाणित गराइ ल्याउने र व्यक्तिगत श्रम स्वीकृति गराई ८ लाख भन्दा बढी रकम अशुलेर विदेश पठाउने गरिएको भेटिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!