घरेलु कामदारको रुपमा युएई जान चाहनेहरुलाई खुसीको खबर

Posted on: 10 Sep, 2017

भदौ २५, काठमाडौँ | युएई बिभिन्न देशका श्रमिकहरुको लागि आकर्षक गन्तब्य मान्ने गरिन्छ । त्यसमा पनि नेपाल लगायत बिभिन्न देशबाट युएइमा बिभिन्न पेसामा श्रमिकको रुपमा जाने गरेका छन् ।  

यसैबीच युएईले घरेलु श्रमिकको आपूर्ति बढाउने भएको छ । साथै उसले श्रमिक आपूर्ति गर्न विभिन्न देशसँग चाँडै द्विपक्षीय सम्झौता गर्ने युएईको मिनिष्ट्री अफ ह्युमन रिसोर्स एण्ड इमिरेसनले जनाएको छ । 

द्विपक्षीय सम्झौता अघिनै युएईले घरेलु कामदारको सुरक्षामा समेत चासो देखाएको छ । उसले नयाँ घरेलु श्रमिक ऐन लागु गरि घरेलु कामदारको सुरक्षाको प्रत्याभूत गरेको छ । घरेलु श्रमिकको आपूर्ति र व्यवस्थापनमा निजी क्षेत्रका भर्ती गर्ने संस्थाले पनि यस्तो नियम पालना गर्नुपर्नेछ । 

युएईले घरेलु कामदारको ब्यबस्थापन तथा भर्तीलाई व्यवस्थापन गर्न आउँदो महिनादेखि युएईमा ‘तदविर सेन्टर’ समेत खोल्नेछ । ‘तदविर सेन्टर’ को माध्यमबाट घरेलु श्रमिकको क्षमता विकासका लागि अभिमुखिकरण, भिसा ग्यारेन्टी लगायतका काम हुनेछन् । ‘तदविर सेन्टर’ कै माध्यमबाट रोजगारदाताले चाहे अनुसारको कामदार छनौट गरेर रोजगारी दिन सक्नेछ । साथै कामदारको वर्गीकरण समेत हुनेछ । 

बिभिन्न देशबाट घरेलु कामदारको रुपमा घरेलु कामको सहयोगी, बालबालिका हेर्ने, खाना पकाउने, सुरक्षा गार्ड र खेतीपातीको काम गर्ने लगायतको काममा घरेलु कामदार बिदेसिने गरेका छन् ।  ‘तदविर सेन्टर’ ले श्रमको वर्गीकरण समेत कामको आधारमा गर्ने र रोजगारी दिने जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!