युक्रेन पठाउन भन्दै ४ जनालाई थाइल्यान्डमा अलपत्र पार्ने ६८ वर्षीय बृद्ध पक्राउ

Posted on: 14 Sep, 2017

भदौ २९, काठमाडौं | बैदेशिक रोजगारीको ठगि आजको समस्या होइन,  दशक अघिदेखि निरन्तर हुँदै आएको छ । आज भन्दा ९ बर्ष अघि २०६५ बैशाख २५ गते ४ जना नेपालीसँग ६/६ लाख लिएर थाइल्यान्डमा अलपत्र पार्ने ६८ वर्षीय बृद्ध पक्राउ परेका छन्  । 

उनि वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी हुन् । काठमाडौं महानगरपालिका–१ नक्शाल बस्ने ६८ वर्षीय प्रेममान डंगोललाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सुन्धाराबाट बुधबार पक्राउ गरेको हो ।

वैदेशिक रोजगार न्यायाधिकरणको २०६७ असार ६ गतेको फैसलाले वैदेशिक रोजगार ठगीका २ वटा मुद्दामा डंगोललाई ४ बर्ष ६ महिना कैद र ४ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर भएकोमा हालसम्म फरार रहेका थिए ।

प्रतिवादी डंगोल समेतले सिन्धुलीको कमलामाई नगरपालिका बस्ने राजकुमार घिसिङ समेत ४ जनालाई वैदेशिक रोजगारीको लागि युक्रेन पठाइदिन्छु भनी २०६५ बैशाख २५ गते जनही ६ लाख रुपैया लिई थाईल्याण्डसम्म पुर्याई अलपत्र छोडी वैदेशिक रोजगार ऐन २०६४ को विपरित कसूर गरेका थिए ।

डंगोललाई फैसला कार्यान्वयनको लागि बिहीबार ब्यूरोले काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!