कुवेतबाट नवलपरासीका भुसालको १० वर्षपछि उद्धार गरियो

Posted on: 05 Oct, 2017

असोज १९, नवलपरासी । वैदेशिक रोजगारीको सिलसिलामा विगत १० वर्षदेखि कुवेतमा रहँदै आएका एक नेपाली कामदारको उद्धार गरिएको छ । 

कुवेतको विकट ओफ्रा भन्ने ठाउँमा भेंडा चराउने काम गर्दैआएका नवलपरासी बर्दघाट नगरपालिका–१६ निवासी मीनराज भुसाल १० वर्षपछि घर फर्किनुभएको हो । 

लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेनविक्रम हमालको सहयोगमा भुषाललाई घर फर्काइएको हो । दश वर्ष बितिसक्दा पनि भुसाल घर नफर्केपछि अलपत्र परेको हुनसक्ने आशंका परिवारले गरेपछि समाजले भुसालको उद्धार गरेको हो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!