तीन महिना अघि कतार गएका नेपालीको छुरा प्रहार गरी हत्या

Posted on: 01 Nov, 2017

कात्तिक १५, काठमाडौँ । कतारमा एक नेपालीको छुरा प्रहार गरी हत्या भएको छ ।

सिरहाका ३४  बर्षीय जीवछ पासवानको एक हप्ता अघि आफ्नै कोठामा हत्या भएको हो । उनि तीन महिना अघि कतारको अलमोइज कम्पनीमा गएका  थिए । 

हत्याको आरोपमा उनिसँगै काम गर्ने धनुषाका रामबली रामलाई प्रहरीले पक्राउ गरेको छ । पासवानलाई कोठामा भात पकाउने क्रममा रामबली रामले छुरा प्रहार गरी हत्या गरेको बताइएको छ । 

पासवानका श्रीमती दुई जना छोरा र तीन जना छोरी छन् । परिवारले उनको शव नेपाल ल्याइदिन सहयोग गर्न आग्रह गर्दै सिरहामा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा निवदेन दिएका छन् । 

पासवानका परिवारले शव झिकाइदिन माग गर्दै गाउँपालिकामा पनि निवेदन दिएको सुरक्षित आप्रवासन परियोजना (सामी)का रिटर्नी स्वयम्सेवक बीरबहादुर यावदले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!