दुबई आउँदा मैले म्यानपावरलाई ३ लाख ६० हजार तिरें तर...

Posted on: 14 Nov, 2017

थमन गुरुङ्ग (युएई) | म हाल युएईको आबुधावी शहरमा बिगत केहि समयदेखी PSBD SECURITY GUARD मा कार्यरत छु । यहा्ँ UAE मा दुई किसिमका सुरक्षा गार्डहरु छन् (१) DPS (२) PSBD र यस PSBD मा आउने हरेक नेपालीले म्यानपावर कम्पनीमा रु. ३ लाख ५० हजारदेखी ४ लाख ५० हजारसम्म तिरेर आउँछन्  र मैले पनि गौशाला स्थित 'सेवेन सिज' नामक म्यानपावर कम्पनीमा रु. ३ लाख ६० हजार बुझाएर आएको हुँ र म्यानपावर कम्पनीले रु १० हजारको मात्र रसिद थमाइदियो । तीन दिने अभिमुखिकरण तालिमको निम्ति प्रति ब्यक्ति रु ६,००० अतिरिक्त शुल्क भर्न लगायो । 

अब भन्नुस के यो मापदण्ड सहि छ ? यो दश हजारको रसिद कुन आधारमा हामीलाई दिइयो ? नि:शन्देह यसमा सेटिङ हुनैपर्छ । बैदेशिक रोजगार बिभागको अनुसार मोबाइलको म्यासेज बक्समा गई PP टाइप गरि एक स्पेस छोडेर आफ्नो पासपोर्ट लेखी 34001 सेन्ड गरि हेर्दा त्यहाँ पनि लागत रु १०,०००/- (दश हजार मात्र) भनि म्यासेज आउँदो रहेछ, यदि भिजा लागेको खण्डमा म्यासेजको अन्तमा dofe भनि आउदो रहेछ । 

त्यसैले मलाइ लाग्छ dofe (बैदेशिक रोजगार बिभाग)  कै कर्मचारीकै पनि मिलिमतो हुनसक्छ । बिभागले म्यानपावरले कामदारसँग कति लुट्छन लुटोस भनेर छुट दिँदै आफुलाई पनि केहि कमिसन राखेका छन् हैन भने यत्रो बेथिति देख्दा-देख्दै नियमनककारी निकाय किन मौन ? विदेश जाँदा ठगिने अधिकांशले म्यानपावरले पैसा उठाउनु बिभागको समेत मिलिमतो छ भनेर भन्दै गर्दा किन बिभागले आफुलाई चोख्याउने काम गर्न सक्दैन ? 

यदी बैदेशिक रोजगार बिभाग र सम्बन्धित निकाय निर्दोष छन् भने सरकारले लागु गरेको 'जिरो कष्ट' लागु गर्न सक्छ तर जब उनीहरुनै कमिसनको खेलमा भएर होला, बैदेशिक रोजगारमा बेथिति कहिलै सुध्रन सक्दैन । 

२/४ जना भ्रष्ट कर्मचारीको अकुत सम्पति कमाउने चक्करमा लाखौँ सोझा नेपालीहरुले दु:ख पाउनु परिरहेछ । 

धन्यबाद ! 

(तपाइको पनि यस्तै बिषयमा केहि गुनासो छ भने नेपालीमा लेखेर [email protected] मा इमेल गर्नुहोला । इमेल गर्दा तपाइको परिचय खुल्ने कागजातको फोटो खिचेर पठाउनुपर्नेछ । साथै आफ्नो तश्विरसहित टिप्पणी राख्न चाहनुहुन्छ भने फोटोसमेत पठाउन सक्नुहुनेछ ।)

यस बिषयमा तपाइको प्रतिक्रिया...!