अब नेपालबाट कुवेत जान 'नो ट्रान्जिट', युरोप र अफ्रिका जान समेत सहज

Posted on: 22 Nov, 2017

मङ्सिर ६, काठमाडौँ | मङ्सिर १३ गतेदेखि नेपालबाट कुवेतको लागि सीधा हवाई उडान सुरु हुने भएको छ । कुवेतको वतनिया एयरवेजले आगामी बुधबारदेखि कुवेत सिटीबाट काठमाडौं र काठमाडौंबाट कुवेतसिटीसम्म दोहोरो हवाई सेवा थाल्न लागेको हो ।

बैदेशिक रोजगारीको लागि राम्रो गन्तब्य मानिएको कुवेतमा नेपाली कामदारले सिधा उडान गर्न पाउने भएपछी अब ट्रान्जिटको झंजट बिनै सिधै हवाई यात्रा गर्न पाइने भएको छ । अहिलेसम्म नेपाली कामदारलाई साउदी अरब भएर कुवेत पुग्नुपर्ने बाध्यता रहेको थियो । त्यसो त कुवेत नेपालीको श्रम गन्तब्य मध्ये पाँचौं स्थानमा पर्ने मुलुक पनि हो । 


अब कुवेतको वतननियाले न्यारोबडी एयरबसमार्फत सेवा थाल्नेछ  । नेपाल नागरिक उड्डय प्राधिकरणले रातको ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएर पौने १२ बजे कुवेत फर्किने गरी सेवा सञ्चालनको अनुमति दिएको हो ।

नेपाल र कुवेतबीच सन् २००६मा हवाई सम्झौता भएपनि कुवेतसँग सीधा हवाई सम्बन्ध भने भएको थिएन । कुवेतसँगको सिधा हवाई सेवापछी अब ट्रान्जिटको झंजट मात्र नभई युरोप र अफ्रिका जाने-आउनेहरुलाई पनि निकै सहज हुने भएको छ ।

वतनियालाई प्रारम्भिक रुपमा ३ महिनाका लागि उडान अनुमति पाएको छ । वतनियाले सेवा सुरु गरेलगतै दैनिक एउटा उडान गर्नेछ । 

तश्विरमा: कुवेत एअरपोर्ट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!