बैदेशिक रोजगारमा ठगी, ४ महिनामै ३२ करोड ७७ लाखको मागदावी

Posted on: 30 Nov, 2017

मनोज पराजुली | मङ्सिर १४, काठमाडौँ | सरकारले बैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित गर्न नसक्दा पछिल्लो समय ठगीका घटना वृद्धि हुँदै गएको छ । 

सरकारले लागू गरेको निशुल्क भिषा र निशुल्क टिकटको व्यवस्था कार्यन्वयन हुन नसक्दा ठगीका घटना वृद्धि हुँदै गएको हो । आर्थिक वर्ष ०७४/७५ को पहिलो चार महिनामा मात्रै विभागमा व्यक्तिगत तथा संस्थागत गरी कुल ७ सय ९४ उजुरी दर्ता भएका छन् । 

व्यक्तिगततर्फ ४ सय ५ र संस्थागततर्फ ३ सय ८९ उजुरी दर्ता भएको बैदेशिक रोजगार विभागले जनाएको छ । विभागमा दर्ता भएका उजुरीमध्ये व्यक्तिगत तर्फ ७५ र संस्थागत ३ सय ९७ उजुरीको छानविन गरि फच्र्यौट गरिएको विभागको तथ्याङ्क छ ।


 कुल ७ सय ९४ उजुरीमा ३२ करोड ७७ लाख २१ हजार ३ सय ९ रुपैँया मागदावी गरिएकोमा विभागले ७ करोड ७५ लाख ९५ हजार २ सय ४३ रुपैँया पीडकबाट विगो भराएको विभागका निर्देशक एवं सूचना अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो । ११ करोड ५५ लाख १७ हजार ६ सय रुपैँया विगो दावी सहित व्यक्तिगत तर्फका ९१ वटा मुद्धा अदालतमा दायर गरिएको विभागका निर्देशक मोहन अधिकारीले बताउनुभयो । 

बैदेशिक रोजगार विभागले नियमन गर्न नसक्दा कामदारलाई विभिन्न प्रलोभन देखाएर ठग्ने क्रम वृद्धि हुँदै गएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!