पत्रकार रवि लामिछानेको टिम किन जाँदैछ युएई ?

Posted on: 01 Dec, 2017

मङ्सिर १५, काठमाडौं । ख्यातिप्राप्त टेलिभिजन सो 'सिधा कुरा जनतासँग' को पुरै टिम युएई जाने भएको छ | पछिल्लो इपिसोडमा दलाहरुलाई दलालनै भन्नुपर्ने भन्दै आक्रोश पोखेका रविले अदालतमै दलालको बिगबिगी रहेको भन्दै  नेपालकै कानुनीराज माथि प्रश्नवाचक चिन्ह खडा गरिदिएका छन् | 

लामीछानेले अदालतका वरपर कालो कोट लगाएका र कालो मन भएकाहरुले न्याधिसकै अगाडी करोडौंको डिल गर्ने गरेको खुलाशा पनि गरे | 

यसैबीच सिधा कुरा जनतासँगको टिम आज युएई जाने जनाएको छ | अघिल्लो कार्यक्रममा उठाएको बिषयलाई फलोअप गर्न सिधा कुरा जनतासँगको टिम युएई जाने भएको हो |

युएईमा बलात्कृत भएकी गोरखा आरुघाट २ कि अष्टमी गुरुङ्गलाई न्याय दिन भन्दै टेलिभिजन टिमले युएईबाट नेपालको लागि राजदुतलाई समेत भेटेर परामर्श गरेको छ | परामर्श पछी राजदुतले समेत घटनामा चासो देखाएका छन् | यस्तै यस घटनामा टेलिभिजन टिमलाई सहयोग गर्न युएईबाट एनआरएन अध्यक्ष रमेश श्रेष्टको समेत सहयोग रहेको रवि लामिछानेले जनाएका छन् | 

युएईमा नेपाली चेली अष्टमीलाई साइमन काजी नाम गरेका व्यक्तिले बलात्कार पछी हत्या गरेको आशंका गरिएको छ | बलात्कारको शिकार भएपछि गुरुङले आत्महत्या गरेको भन्ने भिडियो सार्वजनिक भएको थियो । अष्टमीको भिडियो अनुसार उक्त कम्पनीमा कार्यरत आरोपी सुपरभाइजारहरूलाई युएईबाट बाहिर जान नसक्ने अवस्था बनाउन स्थानीय प्रशासनको सहयोगमा कम्पनीमा खबर गरिएको छ | 

नोभेम्बर ४ का दिन आत्महत्या गरेकी गुरुङको शव १४ दिनपछि नेपाल ल्याई अन्तिम संस्कार गरिसकिएको छ । तर, उनले प्रयोग गर्ने मोवाइमा उनका भाइले भिडियो भेटेपछि उक्त भिडियो न्युज-२४ मा प्रसारण भएको थियो ।

हेर्नुहोस् यस बिषयमा संचालित कार्यक्रम 'सिधा कुरा जनतासँग'


यस बिषयमा तपाइको प्रतिक्रिया...!