आज युएई, कतार, साउदी, मलेसिया लगायत देशको पैसाको भाउ कति (हेर्नुहोस)

Posted on: 01 Dec, 2017

मंसिर १५, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार आज एक अमेरिकी डलर बराबर १०२.८५ रहेको छ भने बिक्रीदर १०३.४५ रहेको छ । त्यस्तै एक कतारी रियालको खरिददर २८ रुपैयाँ २५ पैसा र विक्रिदर २८ रुपैयाँ ४१ पैसा छ भने एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४२ पैसा र विक्रिदर २७ रुपैयाँ ५८ पैसा रहेको छ । 

उता युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ र विक्रिदर २८ रुपैयाँ १६ पैसा तोकेको छ भने मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ १५ पैसा र विक्रिदर २५ रुपैयाँ ३० रहेको छ ।

त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४६ पैसा र विक्रिदर ९ रुपैयाँ ५१ पैसा रहेको छ । 

त्यस्तै एक कुवेती दिनारको एकको खरिददर ३ सय ४० रुपैयाँ ८९ पैसा छ भने विक्रिदर ३ सय ४२ रुपैयाँ ८८ पैसा रहेको छ ।

त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७२ रुपैयाँ ५५ पैसा र विक्रिदर २ सय ७४ रुपैयाँ १४ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!