अष्टमी गुरुङ मृत्यु प्रकरणका आरोपी साइमन काजी पक्राउ

Posted on: 04 Dec, 2017

मङ्सिर १८, काठमाडौँ | युएईम नेपाली युवती अष्टमी गुरुङ मृत्यु प्रकरणका आरोपी साइमन काजी पक्राउ परेका छन् । अरेवियन गल्फ क्लिनिङ कम्पनीमा सुपरभाइजर साइमन काजीलाई दुबई प्रहरीले पक्राउ गरेको हो ।

केहि समय अघि मृत्यु भएकी अष्टमीको मोबाइलमा भिडियो भेटिएको थियो । भिडियो अनुसार साइमनले अष्टमीलाई बलात्कार गरेको र आत्महत्या गर्न बाध्य पारेको रेकर्ड भएको थियो । सोहि भिडियोको आधारमा साइमन घटनामा मुछिएका थिए । भिडियो नेपालको एक टेलीभिजनबाट प्रसारण भएपछी अन्तराष्ट्रिय रुपमै यस बिषयले चर्चा पाएको थियो । 


अरेवियन गल्फ क्लिनिङ कम्पनी कम्पनीका नेपालीहरुले दिएको जानकारी अनुसार शनिबार साइमनलाई दुबई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य तीन नेपालीलाई पनि सोधपुछका लागि लगेको र केहि समयपछी छाडेको बताइएको छ ।

नेपालको लागि युएईमा राजदुताबासका कार्यबाहक राजदुत नेत्रबहादुर टण्डलले मृतक अष्टमीले रेकर्ड गराएकी भिडियो अरबियन भाषामा ट्रान्सलेट गरि प्रहरी अनुसन्धान बिभागलाई बुझाइए जनाएका छन् । 

त्यसो त यही घटना प्रकरणलाई निकै चासोको साथ हेरिरहेको न्युज-24 टेलिभिजनका पत्रकार रवि लामीछाने तथा उनको टिम अहिले युएईमा छन् । पत्रकार लामीछानेले आज बेलुका त्यहाँ स्थित नेपाली राजदुतावासमा आफुलाई भेट्न सक्ने भन्दै आइतवार फेसबुक लाइभ गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!