कतारमा अलपत्र नेपाली युवती स्वदेश फिर्ता यसरी भईन

Posted on: 04 Dec, 2017

चिसाङ शेर्पा/मंसिर १८, खोटाङ । बैदेशिक रोजगारीको शिलशिलामा कतारमा तलव नपाउँदा अलपत्र बनेकी खोटाङकी एक युवती मनराखी राईलाई स्वदेश फर्काइएको छ । कतारको दोहास्थित सफिर क्लिनर कम्पनीमा कार्यरत केपीलासगढी गाउँपालिका–३ बासपानीकी मनराखी राईलार्ई खोटाङ सेवा समाज कतारको सहयोगमा स्वदेश फर्काइएको हो । 

निरन्तर काम गरे पनि कम्पनी मालिकले चार महिनादेखि तलव नदिएपछि अलपत्र बनेकी राईलाई एकतर्फी हवाई टिकट उपलव्ध गराएर स्वदेश फकाईएको समाज कतारले जनाएको छ । 

पाउनुपर्ने बाँकी तलवका लागि पटक–पटक माग राखे पनि कम्पनी मालिकले वास्ता नगरेपछि श्रम अदालतमा उजुरी दिँदा पनि कम्पनी मालिक सम्पर्क बिहिन बनेपछि राई बिचल्लीमा परेकी थिइन् । कम्पनीबाट लामो समयसम्म तलव नपाउँदा समस्यामा परेपछि उनले सहयोगका लागि खोटाङ सेवा समाज समक्ष सहयोगका लागि मौखिक आग्रह गरेकी थिइन् ।   

उनी पैसा कमाउने सपना बोकेर २७ महिना अघि कतार पुगेकी थिइन् । ऋण काढेर पुगेको कतारमा उल्टै अलपत्र बनेपछि राई परिवारको सपना भताभुङ्ग भएको छ । 

के हो खोटाङ सेवा समाज कतार ?

खाशगरी कतारमा रहेका खोटाङे र गैर खोटाङेहरुमा भुईपरी आउने हरेक समस्याको समाधानका लागि स्थापनार्थ खोटाङ सेवा समाज कतारले विभिन्न सामाजिक हकहितका कार्य गर्दे आईरहेको छ । रोजगारीको शिलशिलामा कतारमा रहेका खोटाङका सयौ ब्यक्तीहरुको जनसहभागितामा सन १९९८ जनवरी ३१ मा ‘खोटाङ सेवा समाज’को स्थापना भएको हो । स्थापनार्थको लामो अवधिमा समाजले उल्लेखनिय सामाजिक काम गरेको रेर्कड छ ।  

जन्मभुमीप्रती सामाजिक कार्यमा तल्लीन खोटाङका कतारवासीले जिल्लामा एम्वुलेन्स वितरण गरेर उदार भावना देखाएको छ । खिदिमाका लिला वहादुर खत्रीको अध्यक्षतामा २१ सदस्य खोटाङ सेवा समाज कतारमा प्रथम उपाध्यक्ष खार्पाका एकराज राई हुन् भने दितिय उपाध्यक्ष दिक्तेलका रुद्र शर्मा आचार्य हुन् । 

समाजको महासचिवमा वराहपोखरीका कैलाश श्रेष्ठ, सचिव पर्शुराम श्रेष्ठ पवन सोल्मा, कोषाध्यक्ष डिल्लीशेर खड्का खिदिमा र छितापोखरीका दिनेश कार्की सह,कोषाध्यक्ष हुन् । 

आगामी दिनमा खोटाङको पर्यटकीय तथा पुर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी मन्दिरको अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने योजना बनाई रहेको समाजका द्दितीय उपाध्यक्ष रुद्र शर्मा आचार्यले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!