यस्तो छ विदेशमा मृत्यु हुने मुख्य कारण

Posted on: 17 Dec, 2017

पुस २, काठमाडौँ | प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)ले तयार पारेको रिपोर्ट अनुसार विदेशमा नेपाली कामदार मृत्यु हुने सबैभन्दा बढी कारण ‘नेचुरल डेथ’ अर्थात प्राकृतिक मृत्यु हुने गरेको पाईएको छ । 

प्रतिवेदन अनुसार ३ सय ५ जनामध्ये १ सय ९६ जनाको मृत्यु प्राकृतिक रुपमै भएको उल्लेख गरिएको छ । 


प्रतिवेदनमा ४६ जनाको सडक दुर्घटनामा, ४२ जनाको कार्यस्थलमा भएका दुर्घटनामा ज्यान गएको उल्लेख छ । यो अवधिमा १८ जनाले आत्महत्या गरेका छन् भने ३ जनाको हत्या भएको छ । १८ महिनाको अवधिमा ज्यान गएका ३ सय ५ जनामध्ये २ सय ८३ जनाको वैधानिक र १८ जना अवैधानिक रहेको अवस्थामै ज्यान गएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

‘नेचुरल डेथ’ नै प्रमुख कारण भएपनि केहि नेपालीले विदेशमा बिरामी हुँदा समयमै उपचार नपाउनु र कामदार आफैंले पनि स्वास्थ्य र सुरक्षाका कुरामा ध्यान नदिँदा मृत्युको दर बढेको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!