साउदीबाट पैसा पठाउँदा लाग्ने सेवा शुल्क बढ्यो

Posted on: 18 Dec, 2017

पुस ३, काठमाडौं । साउदीबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क ५ प्रतिशत वृद्धी भएको छ । 

बढेको शुल्क १ जनवरी २०१८ अर्थात पुस १७ गतेबाट लागु हुने साउदीले जनाएको छ । २०१८ को सुरुवातसँगै लागु हुने गरी साउदीले मूल्य अभिवृद्धी करमा सुधार गरेकाले पैसा पठाउँदा लाग्ने सेवा शुल्क पनि वृद्धी भएको हो । 

२०३० सम्ममा साउदी सरकारले अपेक्षा गरे अनुसारको अर्थिक वृद्धी भएमा स्थानीयका साथै विदेशी नागरिकका लागि पनि रोजगारीको अवसर सृजना गर्ने अरब न्युजमा उल्लेख छ ।  

यो कदमले रेमिट्यान्समा कुनै असर नपर्ने साउदीको विश्वास छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!