अब युएई र साउदी अरबमा कामदारले मासिक कर तिर्नुपर्ने, सामानहरु ५% भन्दा बढी महंगीने

Posted on: 27 Dec, 2017

पुस १२, काठमाडौँ | १ जनवरी २०१८ देखि मलेसियामा कामदारले तिर्नुपर्ने लेवी हटाएपछी त्यहा जाने कामदार खुसि छन् । तर यता नेपाली श्रम गन्तब्य मध्ये सबैभन्दा आकर्षक गन्तब्य युएई र साउदी अरवमा भने कामदारहरुले कर तिर्नुपर्ने भएको छ । 

साउदी अरब र युनाइटेड अरब एमिरेट्ससहित तेलबाट समृद्ध खाडी देश विश्वभरमै 'ट्याक्स फ्री ' का लागि प्रख्यात देश हो । तेलकै कारण यहाँ कामदारहरुले कर तिर्नुपर्दैन थियो । तर अब भने कमाई भएको निश्चित रकम सरकारलाई तिर्नुपर्ने भएपछी तलब काटिने निश्चित भएको छ । कमाइको कर तिर्नुपर्ने भएपछी यी दुई देशमा गएका नेपाली कामदारहरु समेत प्रभावित हुने भएका छन् ।


तेल ब्यापारमा ह्रास आएपछी देशको अर्थतन्त्र धान्न साउदी अरब र युएईले १ जनवरी २०१८ देखि 'भ्यालु एडेड ट्याक्स' प्रणालीको सुरुवात गर्ने भएका हुन् । दुवै देश गल्फ कोपरेसन काउन्सिलका सदस्य हुन् जसले भ्याट लागू गर्न पहल गरेका छन् । गल्फ कोपरेसन काउन्सिलका अन्य सदस्यमा कुवेत, बहराइन, ओमान र कतार पनि सामेल छन् । 

'भ्यालु एडेड ट्याक्स' प्रणाली लागु भएलगत्तै यी दुबई देशमा अब खाद्य सामग्री, कपडा, इलेक्ट्रोनिक ग्यासोलिन, फोन, बिजुली र पानी आपूर्तिमा समेत ट्याक्स लाग्नेछ । यसरी अधिकांश सामानमा ट्याक्स लाग्दा यहाँ अहिले पाइने सामान अब कम्तिमा पनि ५ प्रतिशत महँगो हुने अनुमान छ ।

अब यो नियमबाट साउदीमा ५ लाख र यूएईमा ३ लाख १३ हजार नेपालीलाई प्रभाव पर्ने भएका छन् । कामदारलाई ट्याक्स लाग्ने भएपछी नेपाली कामदार पनि स्वत: ट्याक्सको दायरामा पर्छन । दैनिक उपभोग्य सामान र तलबमै ट्याक्स लाग्ने भएपछी उनीहरुले नेपाल पठाउने मासिक रेमिट्यान्समा समेत प्रभाव पर्छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!