बैदेशिक रोजगारीको लागि युरोपको लिथुएनिया, न्युनतम तलब कति ?

Posted on: 06 Jan, 2018

पुस २२, काठमाडौं । युरोपको बिकसित देश हो लिथुएनिया, यहाँ बिदेशी कामदारलाई राम्रो अवसर छ । अघिल्लो बर्ष नै सरकारले गठन गरेको समितिले यो देशलाई राम्रो मानेको थियो । सरकारले अघिल्लो बर्ष यस देशमा नेपाली कामदार पठाउन सकिने भन्दै संस्थागत रुपमा कामदार लैजान सिफारिस समेत गरेको थियो । 

लिथोएनिया रोजगारीको लागि राम्रो देश मानिन्छ । पोल्याण्ड र रसिया नजिकै पर्ने लिथुएनियामा युरो चल्ने हुँदा यहाँ रोजगारी गर्ने कामदारले आकर्षक तलब पाउछन । उक्त देशको स्थिति, मानव अधिकारको अवस्था, आप्रवासी कामदारलाई हुने व्यवहार, पारिश्रमिक लगायत बिभिन्न बिषयमा अध्ययन गर्दै उक्त देश नेपाली कामदारको लागि उचित हुने/नहुने प्रतिवेदन निकालिन्छ, जसमा नेपाली कामदार त्यहाँ जान हुने प्रतिवेदन निकालिएको थियो ।


नेपाली कामदारको लागि लिथोएनियाबाट विभिन्न उद्योग-कलकारखाना, ईंटा-भट्टामा लगायत उच्च पदहरुमा दक्ष डाक्टर, नर्स, इञ्जिनियर आदिकोमाग आएपछी सरकारले यो देशमा कामदार पठाउन सकिने-नसकिने अध्ययन सुरु गरेको थियो ।

लिथुनिया न्युनतम तलब कति ? 

लिथुएनियाका लागि न्युनतम् पारिश्रमिक मासिक ३ सय ५० युरो भन्दा बढी तोकिएको छ । सरकारी मापदण्डमा न्युनतम ३ सय ५० युरो भनिएपनि यो देशमा रोजगारीको लागि राम्रो कमाई हुन्छ । 

कस्तो देश हो लिथुएनिया ? 

लिथुएनिया युरोपियन देशहरु मध्येको एक स्वतन्त्र देश हो | नेपाली कामदारका लागि अति आकर्षक गन्तब्य मानिने इजरायल जतिकै बिकास सम्पन्न यो देशको आर्थिक स्थिति पनि निकै राम्रो छ | यहाका नागरिकहरुको प्रतिव्यक्ति आय २९ हजार ९ सय डलर रहेको छ । २८ लाख भन्दा बढी जनशंख्या भएको यो देशको प्रतिव्यक्ति आयलाई हेर्ने हो भने यो देश विश्वकै ४१ औं धनी राष्ट्रमा गनिन्छ । आर्थिक रुपमा शक्तिशाली बन्दै गएको यो देशमा पछिल्लो समय नेपाली कामदारको लागि राम्रो मागहरु आउने गरेका छन् । यो देशमा लिथुनिएन भाषाको प्रयोग हुन्छ । नेपालभन्दा सानो यो देशको क्षेत्रफल ६५,३०० बर्गकिलोमिटर रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!