वैदेशिक रोजगार विभागले जोर्डनमा नेपाली कामदार लैजाने २३ संस्थाहरु तोक्यो (सुचिसहित)

Posted on: 10 Jan, 2018

पुस २६, काठमाडौं । जोर्डन सरकार र नेपाल सरकारबीच गत कात्तिक २ गत्ते भएको श्रम सम्झौताअनुसार घरेलु कामदार पठाउन २३ संस्थाहरु तोकिएको छ । 

वैदेशिक रोजगार विभागले यी संस्थाहरु सार्वजनिक गर्दै अन्य संस्थाहरुबाट घरेलू कामदारको रुपमा जोर्डनसहित कुनै पनि देशमा नजान आग्रह गरेको छ ।

अन्य कुनै पनि देशका लागि घरेलू कामदारको रुपमा जान बन्देज गरिएको विभागले स्पष्ट पारेको छ । अबैध बाटो तथा गैरकानुनी रुपले कुनै एजेन्ट वा दलालहरुले अन्य देशको बाटो हुँदै लैजान सक्ने भएकाले त्यसतर्फ सचेत रहन विभागले आग्रह गरेको छ ।

उता बैदेशिक रोजगार ब्यवसायी संघले घरेलू कामदार कार्यविधि २०७२ मा घरेलू कामदार पठाउन सूचीकृत हुने म्यांन्पावरले छुटै नगद २५ लाख राख्नु पर्ने नियम खारेज हुनु पर्ने माग राख्दै आएको छ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सरकारी स्तरबाटै भएको सम्झौताअनुसार घरेलू कामदारको रुपमा जोर्डनमा पठाइने भएकाले यस्तो व्यवस्था जरुरी नभएको बताए । 

‘हाल कार्यविधिअनुसार सूचीकृत कम्पनीले छुट्टै नगद २५ लाख छुट्याउनुपर्ने व्यवस्था भएकाले यसलाई खारेज गर्नुपर्दछ’ उनले भने ।

यी हुन् जोर्डनका लागि घरेलू कामदार लैजान अनुमति पाएका संस्थाहरु  


१- भैरव इन्टरनेसनल सर्भिस प्रा.ली 

२- काठमाडौँ इन्टरनेसनल इन्कर्पोरेट प्रा.ली

३- वर्ल्ड वाइड इम्प्लाइमेन्ट कन्सल्टेन्ट प्रा.ली 

४- कन्चन ह्युमन रिसोर्स मेनेजमेन्ट प्रा.ली


५- गल्फ लिंक ओभरसिज प्रा.ली

६- ग्लोबल एलाइन्स कन्सल्टेन्सी सर्भिस प्रा.ली

७- स्काई ओभरसिज सर्भिस प्रा.ली

८- क्राउन ओभरसिज कन्सल्टेन्सी प्रा.ली


९- बी.बी एण्ड एम इन्टरनेसनल प्रा.ली

१०- नास इन्टरनेसनल प्रा.ली

११- स्यारोन मेनपावर सर्भिस प्रा.ली

१२- गौतम इन्टरनेसनल म्यानपावर सर्भिसेज प्रा.ली


१३- अग्नि ओबारसिज प्रा.ली

१४- सिग्मा ओभरसिज म्यानपावर प्रा.ली

१५- अर्थ भिजन म्यानपावर सर्भिस प्रा.ली

१६- माउन्टेन ग्रुप इन्टरनेसनल प्रा.ली


१७- डेल्टा इम्प्लोइमेन्ट सर्भिस प्रा.ली

१८- शुभम ओभरसिज इम्प्लोइमेन्ट प्रा.ली

१९- युरो क्रस इन्टरनेसनल प्रा.ली

२०- हिमाराब ओभरसिज प्रा.ली


२१- म्यानपावर लिंक 

२२- फ्रन्टलाइन रिक्रुमेन्ट प्रा.ली

२३- विजे ओभरसिज प्रा.ली

यस बिषयमा तपाइको प्रतिक्रिया...!