साउदीले भिजिट भिसा सम्बन्धी नियमलाई परिमार्जन गर्यो

Posted on: 13 Jan, 2018

पुस २९  साउदी अरब । साउदीले २५ वर्ष भन्दा कम उमेरका विदेशी महिलालाई भिजिट भिसा नदिने भएको छ । 

२५ वर्ष भन्दा माथिका विदेशी महिलालाई मात्रै सिङ्गल भिजिट भिसा दिने साउदीको विदेश मन्त्रालयले जनाएको छ । 

साउदीले भिजिट भिसा सम्बन्धी नियमलाई परिमार्जन गर्दै यस्तो नियम ल्याएको हो । २५ वर्ष भन्दा कम उमेरका महिलाले साउदी घुम्नका लागि कि परिवारको साथमा जानुपर्ने छ कि त कुनै पर्यटन समुहसँग आवद्ध भएर भिसा लिनुपर्ने मन्त्रालयले जनाएको छ ।

२५ वर्ष माथिका महिलाले एकल प्रवेश भिसा पाएपनि म्याद भने १ महिनाको मात्रै तोकिएको छ । स्थानीय नागरिकलाई रोजगारीमा प्राथमिकता दिन र हजको समयमा आउने पर्यटनलाई घटाउन यो नियम ल्याइएको साउदीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!