युएई गएको डेढ महिनामै सिन्धुपाल्चोकका एक युवाको मृत्यु

Posted on: 19 Jan, 2018

माघ ५, काठमाडौँ । रोजगारीका लागि युएई गएका सिन्धुपाल्चोकका एक युवाको डेढ महिनामै मृत्यु भएको छ । 

बुधवार राति कम्पनीका कामदार बस्ने कोठामा खाना खाएर सुतेका सिन्धुपाल्चोकको कालीपोखरीका २७ वर्षिय अमृत श्रेष्ठ बिहान मृत भेटिएका हुन् ।

अमृत आबुधाबीमा रहेको मिडिल इष्ट सेक्युरिटी कम्पनीमा सेक्युरिटी गार्डको काम गर्न डेढ महिना अघि मात्रै युएई गएका थिए ।  

उनको शव आबुधावीको खालिफा अस्पतालमा राखिएको छ । उनका श्रीमती र एक छोरा छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!