बैदेशिक रोजगारमा ठगि: धनबहादुर भन्छन् - 'मलाई ठग्ने एजेन्ट कहाँ छन् ?'

Posted on: 23 Jan, 2018

मनोज पराजुली | माघ ९, काठमाडौँ | लम्जुङका क्व्होलासोथार गाउँपालिका स्थाई घर भएका धनबहादुर सार्कीले बैदेशिक रोजगारीमा ठगिएको भन्दै न्याय दिलाईदिन आग्रह गरेका छन् । उनलाई ठगि गर्ने एजेन्ट रामसरण बोगटी इगल हन्टर ओभरसीजका एजेन्ट हुन् । उनको भिजिटिङ्ग कार्डलाई आधार मान्ने हो भने उनि एसी टुर्स एण्ड ट्राभल्सका संचालक हुन् ।

बैदेशिक रोजगार बिभागमा भेटिएका पिडित सार्कीलाई दुई महिना अघि बोगटीले दुबई पठाईदिने भन्दै अग्रिम ४४ हजार रकम लिएका थिए । तर विदेश पठाईदिने भनेर रकम लिएपनि बैदेशिक रोजगारीमा पठाउन नसकेपछि पीडित सार्कीको नाममा बोगटीले ४४ हजारको चेक काटे तर उनले ब्ल्यांक चेक दिएका रहेछन् । पटक-पटक चेक साट्ने प्रयास गरे, पैसा पाउने आशामा चेक सातिने आशामा लम्जुङदेखि पोखरासम्म पनि पुगे तर चेक साटीएन । तब उनले महशुस गरे 'म ठगिएकै रहेछु ।' तर बोगटीबाट ठगिएका सार्कीलाई अहिले त्यहि ब्ल्यांक चेक निकै सहयोगी बनेको छ । उनि चेकनै बोकेर उजुरी गर्न बैदेशिक रोजगार विभागमा पुगेका छन् । तर बिभागले भने उनलाई थप प्रमाण जुटाउन भनेपछि उनी  समस्यामा परेको गुनासो गर्छन । 

माथिको तश्विरमा: पिडित सार्की ।

सयकडा २ का दरले साहुसँग ऋण लिएको सुनाउँदै रकम फिर्ता गर्न साहुले दबाब दिँदा खाना खाने रकम समेत नभएको उनको गुनाशो छ । एजेन्ट बोगटीले ४ हजार रकम दिएर झुलाएपछि पटक-पटक काठमाडौँ आउँदा-जाँदा खर्च बढेको भन्दै रकम फिर्ता गरिदिन विभागमा उजुरी गर्न आएको उनले साझा सबाल अनलाईनलाई बताए । 

यस विषयमा हामीले इगल हन्टर म्यानपावरका संचालकसँग बुझ्दा संचालकले ठगि आरोप लागेका बोगटी आफ्नो एजेन्ट भएको तर पैसाको कारोवार एजेन्ट आफैले गरेको बताएको छ । म्यानपावरले एजेन्ट बोगटीलाई सार्कीको रकम फिर्ता गर्न आग्रह गर्ने समेत बताएको छ । सार्कीलाई ठगेको बिषयमा एजेन्ट वोगटीलाईनै पटक-पटक सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् । 

माथिको तश्विरमा: सार्कीलाई प्राप्त भएको ब्ल्यांक चेक | 


बैदेशिक रोजगारीमा जानको लागि मलेसिया सहित खाडीका ७ मुलुक जानको लागि सेवा शुल्क १० हजार  लिन पाउने भएपनि एजेन्ट र म्यानपावर व्यवसायीले कामदारसँग चर्को शुल्क लिँदै आएका छन् ।

तपाइँको पनि यस्तै पीडा वा समस्या छ भने हामीलाई फेसबुक मार्फत आफ्नो समस्या राख्न सक्नुहुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!