बैदेशिक रोजगार: ठगिएका धनबहादुरले २४ घण्टा नबित्दै पैसा फिर्ता पाए

Posted on: 24 Jan, 2018

मनोज पराजुली | माघ १०, काठमाडौँ | लम्जुङका क्व्होलासोथार गाउँपालिका स्थाई घर भएका धनबहादुर सार्कीले बैदेशिक रोजगारीमा ठगिएको भन्दै न्याय दिलाईदिन आग्रह गरेपछी साझा सबाल अनलाइनले मंगलबार बेलुका समाचार सम्प्रेषण गर्यो । लगत्तै सोहि समाचारको प्रभावले आज बिहान उनले ठगि भएको पैसा फिर्ता पाएका छन्  । 

सार्कीलाई ठगि गर्ने एजेन्ट रामसरण बोगटीलाई इगल हन्टर ओभरसीजका एजेन्ट हुन् । बोगटीले ठगि गरेको बिषयमा म्यानपावरसँग बुझ्दा म्यानपावरले पैसा फिर्ताको ताकेता गर्ने आस्वासन साझा सबाललाई दिएको थियो । 

माथिको तश्विरमा: पिडित सार्की ।

मंगलबार बैदेशिक रोजगार बिभागमा भेटिएका पिडित सार्कीलाई दुई महिना अघि बोगटीले दुबई पठाईदिने भन्दै अग्रिम ४४ हजार रकम लिएका थिए । तर विदेश पठाईदिने भनेर रकम लिएपनि बैदेशिक रोजगारीमा पठाउन नसकेपछि पीडित सार्कीको नाममा बोगटीले ४४ हजारको चेक काटेका थिए तर उनले ब्ल्यांक चेक दिए । सार्कीले पटक-पटक चेक साट्ने प्रयास गरे, पैसा पाउने आशामा चेक साट्न उनि लम्जुङदेखि पोखरासम्म पनि पुगे तर चेक साटीएन । सोहि चेकको आधारमा उनि मंगलबार बैदेशिक रोजगार बिभागमा न्याय माग्न पुगेका थिए ।

उनले भनेका थिए - 'अरुको लागि ४४ हजार सानो रकम भएपनि आफ्नो लागि त्यहि रकम ठगिंदा ठूलो चोट परेको छ । साहुबाट सय कडा दुईको ब्याज तिर्न पनि नसक्ने अवस्था छ ।' तर बुधबार एजेन्टले पैसा फिर्ता दिएपछी सार्की निकै खुसि देखिएका छन् । ठगिएको पैसा पाउन लम्जुङदेखि पोखरा अनि मुद्धा हाल्न भन्दै काठमाडौँसम्म आएका सार्कीले पैसा पाएपछी साझा सबाललाई भने - 'गरिव र पिडितको लागि लडीदिनुभएकोमा बिशेष आभार छ । यही समस्या बैदेशिक रोजगार बिभागमा राख्दा तीन पुस्ते र के-के जाती प्रमाण ल्याउन भनेको थियो तर तपाइँहरुले समाचार दिएपछी २४ घण्टा नपुग्दै मैले न्याय पाएँ ।' 

यस अघि पटक-पटक फोन गर्दा फोन नउठाउने गरेका एजेन्ट बोगटीले एकाएक पैसा फिर्ता पाएपछी सार्कीले अब बिभिन्न म्यानपावरमा बुझेर म्यानपावरमै आई आर्थिक कारोवार गरेर बैदेशिक रोजगारीमा जाने बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!