कुवेतस्थित नेपाली दूतावासको कामदारलाई यस्तो छ आग्रह

Posted on: 30 Jan, 2018

माघ १६, काठमाडौं । कुवेत सरकारले घोषणा गरेको आममाफीको अवधिभित्र कुवेतमा अवैधानिक रूपमा रहेका नेपाली कामदारहरूलाई आममाफीमा सहभागी भई स्वदेश फर्किन र जरिवाना तिरेर वैधानिक हुन कुवेतस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

आइतबार दूतावासद्वारा जारी गरिएको एक सूचनामा सोमबारदेखि फेबु्रअरी २२ सम्म त्यहाँ अवैधानिक रहेका नेपाली कामदारहरूलाई आममाफीमा सहभागी हुन आग्रह गरिएको हो ।

दूतावासले आवासीय कानून उल्लंघन गरी बिना भिसा गैरकानुनी रूपमा कुवेतमा बसोबास गर्दै आएका र कुनै पनि मुद्दा नभएका र यात्रा निषेध नगरिएका नेपाली कामदारहरूले आफुस“ग सक्कल राहदानी भए सिधै कुवेतको विमानस्थलबाट टिकट काटेर स्वदेश फर्कन पाउने उल्लेख गरेको छ ।

दूतावासको प्रेस विज्ञप्तीमा चोरीको उजुरी नपरेका, आपराधिक मुद्दा नपरेका र यात्रा निषेध नगरिएका घरेलु कामदार तथा अन्य कामदारले घर फर्किन आफूसँग भएको राहदानी वा अन्य कागजातको सक्कल वा प्रतिलिपि वा केही कागजात नभए पनि दूतावासमा सम्पर्क गर्न सक्ने जनाइएको छ ।

दूतावासले सूचनामा आङ्खनो नाममा मुद्दा नभएको वा यात्रा निषेध जारी नभएका नेपाली कामदारहरूले आफूसँग राहदानी नभएको अवस्थामा यात्रा अनुमति पत्रको लागि नागरिकता वा राहदानीको पुरानो प्रतिलिपि एवं २ प्रति निलो पृष्टभूमिमा खिचिएको ६÷४ आकारको फोटो सहित नेपाली दूतावासमा सम्पर्क गर्न सक्ने जनाएको छ ।

आममाफीको अवधि भित्र नेपाल र्फकने वा आवासीय भिसा नविकरण गर्ने प्रक्रियामा समावेश नभए कुवेतको सरकारी निकायबाट चेकजाँचमा पक्राउ गरेर कुनै पनि कुवेतबाट डिपोर्ट गर्न सक्ने सूचनामा उल्लेख छ ।

आममाफीको बारेमा आवश्यक जानकारी र सहयोगको लागि जाब्रिया ,बल्क नं ८ , स्ट्रिट नं १३ , भिल्लानम्वर ५१४ स्थित नेपाली दूतावास र दूतावासको सम्पर्क नम्बर ००९६५ २५३२१६०३, २५३२१६०४, २५३२१६०५ तथा दूताबासकै हटलाइन नम्वर ००९६५९८८६९१२१ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

कुवेत सरकारले गत २३ जनवरीमा यस्तो निर्णय गरी कुवेतमा कुनै किसिमको मुद्दा र यात्रा अनुमती निषेध सूचना जारी नभएको खण्डमा उक्त अवधिमा आवासीय अनुमती (भिसा) को म्याद सकिएका कामदारहरूले कुनै शुल्क बिना कुवेत छोड्न पाउने व्यवस्था कुवेत सरकारले गरेको छ ।

स्वदेश फर्किन नचाहने तर वैधानिक बन्न चाहनेले कुवेत सरकारले तोकेको जरिवाना बुझाएर बैधानिक हँदै भिसा नविकरण गर्न समेत सक्ने व्यवस्था समेत कुवेतले गरेको छ ।अपराधिक गतिविधि गरेर उजुरी परेका वा आपराधिक गतिविधिमा संलग्न, वैंकबाट ऋण वा मोबाइल, इलेक्ट्रोनिक्स सामान किस्ताबन्दीमा लिएर सबै ऋण चुक्ता नभएका कामदारले मुद्दा नसकिएसम्म र हिसाब पुरा नबुझाएसम्म जान सक्ने छैनन् ।

कुवेत सरकारले करिब १ लाख २५ हजार अवैधानिक कामदार कुवेतमा रहेको हुनसक्ने अनुमान गरेको छ । त्यस्तै कुवेतस्थित नेपाली दूतावासले भने करिब २० देखि २५ हजारको संख्यामा अवैधानिक कामदारहरू त्यहाँ रहेको हुन सक्ने अनुमान गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!