नेपाली कामदारहरुले विदेशमा उचित तलब नपाएको जिकिर

Posted on: 01 Feb, 2018

माघ १८, काठमाडौँ | आप्रवासी कामदारको अधिकारका लागि संयुक्त राष्ट्रसंघीय विशेष समाधीक्षक फिलिप गोन्जाले मोराले नेतृत्वको टोलीले नेपाली आप्रवासी कामदारको अवस्था र अधिकारका बारेमा राष्ट्रिय मानव अधिकार आयोगसँग आज छलफल गरेको छ । 

छलफलका क्रममा उहाँले नेपाली आप्रवासी कामदारको भर्ना प्रक्रिया, स्वदेश फर्केका कामदारको पुनःएकीकरण, शरणार्थीको अवस्था एवं आयोगबाट भएका प्रयासका बारेमा चासो व्यक्त गर्नुभएको थियो । आयोगका अध्यक्ष अनुपराज शर्माले भारतमा रहेका नेपाली कामदारको मानवाधिकारको अवस्था तथा आप्रवासी कामदारको अधिकारका लागि आयोगबाट हालसम्म भएका प्रयासका बारेमा जानकारी दिनुभयो । 

आयोगका प्रवक्ता मोहना अन्सारीले नेपाली आप्रवासी कामदारले विभिन्न मुलुकमा अतिरिक्त समयसमेत काम गर्नुपरे तापनि उचित पारिश्रमिक प्राप्त हुन नसकेको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!