प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको नयाँ कार्य समिति सर्वसम्मत चयन

Posted on: 03 Feb, 2018

माघ २०, काठमाडौं । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । 

शनिबार भएको मञ्चको चौथो अधिवेशनबाट चित्रगुप्त सावाँको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपले चयन भएको हो ।


मञ्चको अध्यक्षमा सावाँ, वरिष्ठ उपाध्यक्षमा राजेन्द्र भण्डारी, उपाध्यक्षमा योगेन्द्रबहादुर राई (बाईबी), मुक्तिनाथ अधिकारी, विल्टु शाह, सन्तकुमार लामा, सुरजकुमार घुण्डे, जनक रावल र मधुकर रिजाल रिजाल चयन भएका छन् भने मञ्चको महासचिवमा डिकबहादुर खत्री (कुमार) साथै उपमहासचिवमा गोविन्दबहादुर कटुवाल र हरिसचन्द्र कुवँर चयन भएका छन् । 

यसैगरी मञ्चको सचिव पदमा नवराज लुईटेल, चन्द्रजंग पाण्डे, विनोद खनाल, होमप्रसाद तिमल्सिना, श्यामकुमार खरेल, जयबहादुर शाही (जेबी) र दलबीर भण्डारी गरी ७ जना चयन भएका छन् । मञ्चको एक कोषाध्यक्ष पदमा भने मोहनबहादुर स्याङ्बा चयन भएका छन् ।


मञ्चको वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले १२ जना सदस्य समेत सर्वसम्मतले चयन गरेको छ । सदस्यहरुमा बावुराम खड्का, राजेन्द्र अधिकारी, हर्कबहादुर दाहाल, अनवर अलि मियाँ, सरिता घले, सोमबहादुर तामाङ, चुणामणी कटुवाल, दण्डपाणी भट्टराई, अमृत विश्वकर्मा, लक्ष्मण बिश्वा, दिनकर जोशी र सजिन राई चयन भएका हुन् । त्यसैगरी मदन चौलागाँई, मनोज दाहाल र बेदप्रकाश उप्रेती समेत सदस्यमा मनोतिन भएका छन् ।

मञ्चको वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन शुक्रबार विहान पूर्व अर्थमन्त्री एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले गरेका थिए । मञ्च एमाले निकट वैदेशिक रोजगार व्यवसायीहरुको संगठन हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!