अमेरिका पठाइदिने भन्दै करोडौं ठग्ने पक्राउ

Posted on: 05 Feb, 2018

माघ २२, काठमाडौं | अमेरिका पठाइदिने र भारतीय सेनामा जागिर लगाइदिने भन्दै १ करोड ५० लाख रुपैयाँ भन्दा धेरै रकम ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

आफू अमेरिकी सेना भएको भन्दै ३ वटा नागरिकता बनाएर ठग्ने सिन्धुपाल्चोक हेलम्बुका सुलभ क्षेत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइवीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । उनले आफूलाई नरेन्द्रबहादुर पण्डित र मनिष बस्नेत बताउँदै धेरैजनालाई ठगेको प्रहरीले जनाएको छ ।

सुलभ विरुद्ध काठमाडौं जिल्ला अदालतमा ४ करोड ५० लाख रुपैयाँ ठगेको मुद्दा परेको छ भने उनले आफू मनिष बस्नेत हुँ भनेर अदालती विवाह गरेको पनि खुलेको छ । सुलभ क्षेत्रीविरुद्ध उजुरी बढ्ने क्रममा रहेको पनि प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!