युएई सरकारद्वारा युएई आउने बिदेशी नागरिकलाई नयाँ नियम लागू

Posted on: 05 Feb, 2018

माघ २२, युएई । नेपालका लागि बैदेशिक रोजगारीको आकर्षक गन्तब्य मानिएको युएईमा नेपाली लगायत बिदेशी नागरिकहरुले रोजगारीमा जाँदा आफ्नो चारित्रिक प्रमाण पेश गर्नुपर्ने नयाँ नियम लगाएको छ । 

युएईमा नयाँ नियम लागु भएपछी सो बिषयमा नेपालबाट युएई रोजगारीका लागि पठाउँदै आएका म्यानपावरहरुले समेत नयाँ कामदारहरुलाई 'पुलिस रिपोर्ट' अनिवार्य भएको जानकारी गराउन थालेका छन् । युएई सरकारले रोजगारीका लागि आउने बिदेशी नागरिकका निम्ति असल आचरणको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने नियम लागू गरेको हो ।

युएईले देशमा रहने नागरिक तथा समुदायलाई शतप्रतिशत सुरक्षा र शान्तीको प्रत्याभुत दिने उध्यश्यले यस्तो नियम ल्याएको जनाएको छ । नयाँ नियम पछी अरु देशमा झैँ बिदेशका रोजगारीको लागि जानु अघि प्रहरी रिपोर्ट बनाउनु अनिवार्य हुन्छ । यसका लागि युएई जाने नेपालीले नेपाल प्रहरीबाट आफ्नो असल चरित्रको प्रमाणपत्र बनाई अनिवार्य पेश गर्नुपर्नेछ । जसलाई नेपालमै रहेको युएईको कुटनितिक नियोग वा युएईको विदेश मन्त्रालयले प्रमाणिकरण गरेको हुनुपर्नेछ ।

यदी अरुनै देशमा ५ बर्ष भन्दा बढी बसेको बिदेशी नागरिकको हकमा भने जुन मुलुकमा बसेको हो त्यहि मुलुकको प्रहरी मार्फत आफ्नो प्रहरीले रिपोर्ट पेस गर्नुपर्ने हुन्छ । 

अध्ययन र रोजगारीमा विदेश जानेलाई प्रहरी रिपोर्ट आवश्यक हुन्छ । स्वदेशमै पनि केही कम्पनीले जागिरका लागि प्रहरी रिपोर्ट माग्ने गरेका छन् । तर, प्रहरीले हेर्ने मुद्दालाई मात्र आधार बनाएर रिपोर्ट दिने गरिएको छ । यस अघि युएई जान प्रहरी रिपोर्ट अनिवार्य थिएन । 

प्रहरी रिपोर्ट राजस्व छली, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार, वन्यजन्तुको तस्करी, वैदेशिक रोजगारमा ठगी, अवैध मुद्राको कारोबार, बिभिन्न किसिमको अपराध जस्ता मुद्दाका दोषीले पाउँदैनन् । मुख्यत: प्रहरी रिपोर्ट व्यक्ति अशल छ वा सम्बन्धित देशले अपराधमा संलग्न नभएको प्रमाणित गरेको छ भन्ने देखाउने प्रमाण हो । यदी आफु अपराधिक कृयाकालापमा संलग्न भए वा माथिका बिभिन्न प्रकृतिका कार्यमा यस अघिनै कारवाहीमा परेको भए प्रहरी रिपोर्ट पाइन्न साथै विदेश जान पनि पाइंदैन ।

यो नियम युएईमा आइतबारदेखि अर्थात हिँजो ४ फेब्रुअरी देखि लागू भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!