११ जना नेपालीलाई दक्षिण कोरिया पठाउने राजेन्द्र खड्गी सीआईबीको अनुसन्धानमा

Posted on: 07 Feb, 2018

माघ २४, काठमाडौं । नेपाली चलचित्रका द्वन्द्व निर्देशक एवम् बरिष्ट कलाकारका रुपमा परिचित राजेन्द्र खड्गीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानमा तानेको छ । 

खड्गीले गैरकानुनी रुपमा ११ जना व्यक्तिलाई दक्षिण कोरिया पठाएको भन्दै अनुसन्धान थालेको हो । खड्गीले दक्षिण कोरिया भएका वेला उनिसँगै लगेर ११ जनालाई कोरियामै राखेको सूचना पाएको आधारमा सिआईबीले उनिमाथि अनुसन्धान सुरु गरेको हो । 

प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँ उठाएर खड्गीले दक्षिण कोरिया पुर्याएको बताइएको छ । राजेन्द्र खड्गीसहितको जम्बो टोली केही समय अगाडि दक्षिण कोरियामा सांस्कृतिक कार्यक्रमम भाग लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको प्रहरीको भनाई छ । तर, खड्गी र अर्को एकजना मात्रै नेपाल फर्केको र बाँकी ११ जनालाई उतै बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा भेटिएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!