नयाँ म्यानपावर दर्तामा रोक लगाउन माग

Posted on: 17 Feb, 2018

फागुन ५, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नयाँ म्यानपावर दर्ता तत्काल रोक्न माग गरेको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विज्ञप्ती जारी गर्दै अरु देशको तुलनामा नेपालमा आवश्यकता भन्दा धेरै म्यानपावर दर्ता गरिएको भन्दै अब नयाँ म्यानपावर दर्तामा रोक लगाउनु पर्ने माग राखेको छ ।

कागजपत्र पूरा नभएका व्यक्तिलाई आर्थिक प्रलोभनमा परी वैदेशिक रोजगार विभागले नयाँ दर्ताका लागि अनुमतिपत्र दिएको संघले जिकिर गरिएको छ । आर्थिक प्रलोभनमा नयाँ संस्था दर्ता गराएमा त्यसबाट हुने हानीमा पनि विभाग नै जिम्मेवार हुनुपर्ने संघको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!