बैदेशिक रोजगार व्यवसायी संघलाई फोरमको १ महिने अल्टिमेटम

Posted on: 14 Mar, 2018

फागुन ३०, काठमाडौँ । नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरमले नेपाल बैदेशिक रोजगार व्यवसायी संघको कार्यशैली प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष बिष्णु गैरेद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ‘नेपाली कामदार माथि चर्को आर्थिक भार पर्ने गरि देशी विदेशी व्यक्ति तथा संस्थाले चर्को शुल्क अशुल गर्दा समेत  व्यवसायी संघले समस्या समाधान गर्न चाहेको छैन।”  

संघको भवन निर्माणको नाममा व्यवसायीसँग धम्कीपूर्ण तरिकाले शुल्क अशुल गरेको, नक्सा पास विना भवन निर्माण शुरु गरेको,बैदेशिक रोजगार विभागले नमागेको विवरण दिन निहित स्वार्थ पूर्तिका लागि व्यवसायीलाई बाध्यकारी बनाएको आरोप फोरमले लगाएको छ ।  फोरमले संघको निर्वाचनमा रोहन गुरुङले वाचा गरेका प्रतिवद्धता पुरा नगरेको भन्दै आपत्ति जनाएको छ । साथै पछिल्लो समय युएई जाने कामदार माथि थपिएको आर्थिक भार लागायत गलत मानासिकताबाट लादिएका झन्झटिला प्रणाली बिरुद्ध सरकालाई अल्टिमेटम दिएर हटाउन तयार छौँ भन्ने प्रतिवद्धता व्यक्त गर्न संघको ध्यानाकर्षण समेत गरेको छ  । फोरमले एक महिनाको समयसीमा भित्र तोकिएको काम पुरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी संघलाई दिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!