आकर्षक गन्तव्य जापानमा नेपालीले रोजगारी गुमाउने खतरा, यस्तो छ कारण

Posted on: 31 Mar, 2018

चैत १७, काठमाडौँ | रोजगारी तथा सिप सिकाईको लागि महत्वपूर्ण र आकर्षक गन्तब्य मानिएको जापानमा नेपालीले रोजगारी गुमाउने खतरा उत्पन्न भएको छ | 

विकासोन्मुख मुलुकहरुका नागरिकले जापान गई जापानको प्रविधि र सीप सिकेर त्यसको उपयोग गरि सम्बन्धित देशमा फाइदा लिन सकोस भन्ने उध्यश्यले जापान सरकारले जिट्को (Japan International Trainuing Co-Operation Organization) प्रणाली अन्तर्गत कामदार लिंदै आएको छ | जिट्को अन्तर्गत नेपाल सहित चीन, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाईल्याण्ड लगायत मुलुकहरुबाट २००८ देखि प्रशिक्षार्थी कामदार लिन सुरु भएको थियो | तर नेपालले सम्झौता अवधि गत बर्ष डिसेम्बरमै सकिएपनि नवीकरण लागि चासो नदेखाउँदा जिट्को अन्तर्गतको अवसरनै गुमाउने खतरा देखिएको छ | 

यस अघि जापान सरकारले नेपालबाट ३ बर्षको लागि प्रशिक्षार्थी कामदार लिने गरेकोमा जापानमा कामदारको अभाव भएपछी सो अवधि बढाएर ५ बर्ष पुर्याएको छ | यसको मतलव अहिले नेपालका बिभिन्न म्यानपावरबाट प्रशिक्षार्थी कामदारका रुपमा जापान जाने नेपालीहरुले ५ बर्षसम्म जापानमा रोजगारी पाउँछन् | साथै जापानले कामदार अभावको कारण पहिले भन्दा धेरै नेपाली कामदार लैजाने सम्भावना छ | 

नेपालको श्रम मन्त्रालयले जापानको जिट्को अन्तर्गत गत बर्षको डिसेम्बरमै नवीकरण गराउनु पर्ने तर जापानले पत्रचार गर्दा समेत नेपालले चासो नदेखाएपछी जापान सरकारले थप ६ महिना भित्र नवीकरणको लागि म्याद थपेको छ | तर उक्त सम्झौता नवीकरणको लागि बैदेशिक रोजगार व्यवसायी संघले मन्त्रालयलाई जानकारी गराउँदा समेत मन्त्रालयले ध्यान नदिएपछी जापानमा प्रशिक्षार्थी कामदार पठाउने कार्य रोकिन सक्ने बैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ | संघले जनाए अनुसार श्रम मन्त्रालयले June 2018 सम्ममा नवीकरण नगराए जापान सरकारले नेपालबाट प्रशिक्षार्थी कामदार लिनेछैन | यस बिषयमा साझा सबाल अनलाइनले बैदेशिक रोजगार व्यवसायी संघसँग जानकारी माग्दा संघले श्रम मन्त्रालय तथा श्रममन्त्रीलाई ध्यानाकर्षण गराएको जानकारी दिएको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!