'घण्टामा सय किलोमिटर दौडने तयारी' गर्दै गोकर्ण विष्ट

Posted on: 07 Apr, 2018

चैत २४, काठमाडौं । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले घण्टामा सय किलोमिटर दौडने तयारीमा आफूहरु जुटेका बताएका छन् । 

आज नेकपा एमालेको धनकुटा काठमाडौं सम्पर्क मञ्चले काठमाडौँमा आयोजना गरेको काठमाडौंलाई सम्वोधन गर्दै मन्त्री विष्टले सरकार ‘तुफान’आउनु अघिको सन्नाटा जस्तो अवस्थामा रहेको भन्दै केहि समयमै तुफान आउने बताएका छन् । उनले अहिले सरकार सुस्ताएको जस्तो देखिएपनि केही समयमा नै परिणाम देखिने बताए । 

बैदेशिक रोजगारीमा बेथिति रहेको स्मरण गर्दै मन्त्री विष्टले बेथितिको अन्त्य गर्ने दावी समेत गरे ।  उनले बैदेशिक रोजगारमा तीन दशकसम्म थुप्रिएको फोहोर पन्छाउन केही समय लाग्न सक्ने बताउँदै केही महिनामा आफुले गरेको कामको परिणाम आउन सुरु गर्ने बताए ।

मन्त्री विष्ट मन्त्री भएपछि हरेक भाषणमा बैदेशिक रोजगारमा भएको बेथितिलाई इंगित गर्दै आफ्ना मन्तब्य दिँदै आएका छन् । उनि मन्त्री बनेपछि बैदेशिक रोजगारीमा भएका वेथितिको अन्त्य हुने आशा गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!