वैदेशिक रोजगार विभागबाट २९ जना विचौलिया पक्राउ

Posted on: 11 Apr, 2018

२८ चैत, काठमाडौं । प्रहरीले बैदेशिक रोजगार विभाग परिसरबाट २९ जना विचौलियालाई पक्राउ गरेको छ ।

बैदेशिक रोजगारीमा जान लागेका सेवाग्राहीबाट श्रमको फारम भराउने नाममा अत्यधिक रकम लिने, सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाएर रकम असुल गर्ने गरेको लगायतका गुनासो आएपछि पुगेको प्रहरीले ३ महिलासहित २९ जना विचौलियालाई पक्राउ गरेको हो ।

बुधबार साढे ११ बजे ताहाचलस्थित श्रम तथा वैदेशिक रोजगार विभागमा प्रहरीहरु सेवाग्राही बनेर पुगेका थिए ।

उनीहरुलाई विचौलियाले तानातान गरी कामको बारेमा सोध्ने र बार्गेनिङ गर्ने गरेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहनकुमार थापाले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!