म्यानपावर व्यवसायीलाई विभागको निर्देशन

Posted on: 19 Apr, 2018

बैशाख ६ काठमाडौँ। बैदेशिक रोजगार विभागले बैदेशिक रोजगारीका लागि इजाजत प्राप्त संस्थाले निकालेका पूर्व स्विकृति सम्बन्धि विज्ञापन तथा सूचनाहरु स्पष्ट पढ्न सकिने गरि प्रकाशन गर्न म्यानपावर कम्पनीलाई निर्देशन दिएको छ । हाल इजाजत प्राप्त संस्थाले निकालेका पूर्व  स्विकृति सम्बन्धि विज्ञापन तथा सूचनाहरु कामदारहरुले पढ्न नसकिने गरि प्रकाशन भएको भन्दै विभागले यस्तो निर्देशन दिएको हो ।


सूचना तथा डिमाण्डमा  उल्लेख गरिनुपर्ने  "बैदेशिक रोजगार विभागबाट गराइएको जानकारी" स्पष्ट रुपमा पढ्न नसक्ने गरि प्रकाशन नगरिएको पाइएको भन्दै अब उप्रान्त उक्त व्यहोरा  स्पष्ट रुपमा पढ्न सकिने गरि प्रकाशन गर्न इजाजत प्राप्त सस्थालाई विभागले निर्देशन दिएको हो  ।

हाल कामदारले थाहा पाउनुपर्ने जानकारीलाई सूचना प्रकाशन गर्दा महत्व नदिएपछि इजाजत प्राप्त संस्थालाई  बैशाख ५ गतेको निर्णय अनुसार विभागले निर्देशन गरेको हो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!