मलेसिया जाने कामदारको भिसा प्रोसेसिङ र मेडिकल गर्ने ४८ जना पक्राउ

Posted on: 20 May, 2018

जेठ ६, काठमाडौँ |  मलेसिया जाने कामदारको भिसा प्रोसेसिङ र स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थासँग सम्बन्धित ४८ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

अपराध अनुसन्धान विभागका प्रमुख डिआईजी धिरु बस्नेतको नेतृत्वमा परिचालित प्रहरीले ३९ वटा स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था, वान स्टेप सेन्टर (ओएससी), भिएलएन, जीएसजी कम्पनीमा छापा मारेको हो । प्रहरीले ललितपुरबाट ४ र काठमाडौंबाट ४४ जनालाई प्रक्राउ गरेको हो । पक्राउ पर्नेमा ओएससी र भिएलएनका सञ्चालक राम श्रेष्ठसमेत रहेका छन् । उनीहरुलाई प्रहरी परिसरमा राखिएको छ ।

प्रहरीले ती कम्पनीहरुमा एकसाथ छापा मारी पक्राउ गरेको अपराध महाशाखा टेकुका प्रमुख धीरजप्रताप सिंहले बताए । ‘कप्युटर, ल्यापटप, महत्वपूर्ण कागजातसहित कार्यालयमा भेटिएका सञ्चालक, म्यानेजर र कर्मचारीलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई ठगी मुद्धाअन्तर्गत कारबाही गरिने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!