मलेसियाका नेपाली दूतावासमा काम गर्ने कर्मचारी नै म्यानपावर व्यवसायी खुलाशा

Posted on: 22 May, 2018

जेठ ८, काठमाडौं । मलेसियास्थित नेपाली दूतावास मलेसियामा कार्यरत कर्मचारी नै म्यानपावर व्यवसायमा संलग्न रहेको खुलाशा भएको छ । दूतावासका सवारी चालक प्रविन प्रधान ‘उत्सव एच आर सोलुसन प्रालि’ पिङ्गलास्थान-९ गौसलाको कार्यकारी निर्देशक रहेको खुलेको हो ।

प्रधान नेपाली दूतावास मलेसियाको प्रशासन विभागतर्फको सवारी चलाउँछन् । तर त्यहाँ उनको धन्दा अर्कै छ । उनले दुतावासबाट मलेसिया स्थित भिबिन्न म्यानपावर कम्पनीहरुमा पुगेर नेपाली कामदारहरुको मागपत्र लिने गरेको खुलेको छ भने उनले दूतावासमा अन्य मेनपावर व्यवसायीहरुको कागजपत्र वैधानिक गराइदिने गरेको खुलेको छ । मलेसिया स्थित दूतावासका कर्मचारीका रुपमा कम्पनीमानै पुगेर सम्बन्ध बनाउने र दूतावसमा म्यानपावर व्यवसायीको सेटिङ मिलाउने काममा संलग्न रहेको स्रोतको दावी छ ।

मलेसियामा गैरकानुनी रुपमा बस्दै आएका नेपाली कामदारहरुसँग आर्थिक मिलेमतो गरेर पासपोर्ट समेत बनाउने धन्दामा उनि संलग्न रहेको देखिएको छ । प्रधानले पासपोर्ट बनाईदिए बापत तीन हजार मलेसियन रिंगेट लिने गरेको समेत खुलेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!