विदेश जानेमध्ये १.५ प्रशितमात्रै दक्ष कामदार

Posted on: 27 May, 2018

१३ जेठ, काठमाडौं । बैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु मध्ये सबैभन्दा धेरै अदक्ष कामदार रहेको पाइएको छ । सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार नेपालबाट कामका लागि विदेश जानेमध्ये १.५ प्रशितमात्रै दक्ष हुने गरेको पाइएको हो । 

७४.५ प्रतिशत युवा कुनै पनि सिप नै नसिकी विदेश जाने जाने गरेको सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । विदेश जाने २४ प्रतिशत युवासँग भने आंशिक सिप र दक्षतामा मात्र हुन्छ । सिप नहुँदा नेपालीहरुले विदेशमा राम्रो कमाइ गर्न नसक्ने र अनेकन दुःखकष्ट भोग्दै आएका छन् ।

यसैगरी आथिर्क सर्वेक्षणमा नेपालमा २.३ प्रतिशत मात्रै बरोजगार रहेको उल्लेख छ । अर्धबेरोजारी भने ३० प्रतिशत रहेको अनुमान छ । युवा अर्धबेरोजगारी दर ३५.८ प्रतिशत रहेको अनुमान सरकारको छ ।

चालु आर्थिक वर्षमा सिप सिक्ने युवामा पनि कमी देखिएको  छ । गत वर्ष २० हजार युवाले विभिन्न सिपमुलक तालिम लिएकोमा यो वर्ष त्यो संख्या १३ हजारमा झरेको तथ्यांकमा उल्लेख छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!