जेनेभामा श्रममन्त्री विष्टको उद्घोष : सन् २०२५ भित्र बालश्रम उन्मुलन गर्छौं

Posted on: 04 Jun, 2018

जेठ २१, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टले श्रमका सम्पूर्ण क्षेत्रलाई कानुनभित्र समेटेर सबै श्रमिकको हक अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । स्वीटजरल्याण्डको जेनेभामा सोमबार अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बिष्टले श्रम आप्रवासनको क्षेत्र अर्थात वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन नेपाल सरकार लागि परेको बताएका हुन्  ।

वैदेशिक रोजगारीलाई बाध्यात्मकबाट स्वेच्छिक बनाउन ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’लगाएतका रोजगारी मूलक कार्यक्रम संचालन गर्ने सरकारको तयारी रहेको उनले बताए  ।नेपालको श्रम कानुनहरु समयानुकल बनाइएको बताउँदै उनले अन्तर्राष्ट्रिय समुदायलाई श्रम क्षेत्रमा भइरहेको सुधारको कामले केही समयभित्रै नतिजा दिने जानकारी पनि दिएका छन् ।

श्रम ऐन-०७४ तथा नियमावली-०७५ कार्यन्वयन आएको बताउँदै उनले त्यसमा श्रमिकका अधिकारका विषयलाई अधिकतम् रुपमा समबोधन गर्न प्रयास भएको बताए । साथै मन्त्री बिष्टले गुरुयोजना बनाएर सन् २०२५ भित्र नेपालले बालश्रम उन्मुलन गर्नेगरि प्रक्रिया अगाडी बढाएरको उल्लेख गरे  । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!