कुवेतमा ३ महिलासहित ६ नेपाली पक्राउ

Posted on: 11 Jun, 2018

जेठ २८, काठमाडौँ | कुवेत प्रहरीले गैरकानुनी रुपमा मदिरा उत्पादन गरेको अरोपमा ३ महिलासहित ६ नेपालीलाई पक्राउ गरेको छ । 

साद अल अब्दुल्लाहा क्षेत्रमा विक्री गर्न तयारी अवस्थाको २ सय ५० ब्यारेल तथा ९ सय ८० बोतल महिरासहित उनीहरुलाई नियन्त्रणमा लिएको कुवेत प्रहरीले जनाएको छ ।

कुवेतमा मदिरा उत्पादन, सेवन र बिक्री गर्न नेपालीसहितका विदेशी कामदार गैरकानुनी रूपमा मदिरा उत्पादन तथा बिक्रीवितरणमा संलग्न हुँदै आएको पत्रकार महासंघ, कुवेत शाखाका अध्यक्ष हरिकृष्ण कार्कीले बताए । ‘कुवेतमा मदिरा सेवन र बिक्री वितरणमै रोक लगाइएको छ, तैपनि लुकीछिपी बिक्री हुँदै आएको देखिन्छ,’ उनले भने, ‘हरेक दिनजसो नेपाली नै पक्राउ परिरहेका छन् ।’

- यो खबर आजको कान्तिपुरमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!