अदालतबाट छुटेलगत्तै फेरि पक्राउ परे ३ अर्ब ठगीका अभियुक्त

Posted on: 13 Jun, 2018

जेठ ३०, काठमाडौं । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाएर ठगी गरेको आरोपमा पक्राउ परेका भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठसँग १० लाख रुपैयाँ धरौटी मागेको छ।   जिल्ला न्यायाधीश अम्बर बस्नेतको इजलासले उनलाई धरौटी मागेको हो।

उनले काठमाडौं जिल्ला अदालतमा १० धरौटी तिरेका छन्। तर श्रेष्ठविरुद्ध ललितपुर जिल्ला अदालतमा पनि मुद्दा रहेकाले छुटेपछि उनलाई ललितपुर प्रहरीको जिम्मा लगाइएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बराबरको बिगो दाबी गरी मुद्दा दायर गरेको थियो। 

प्रहरीले जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान स्टेप सेन्टर (ओएससी), भिएलएन र जिएसजी कम्पनीमा छापा मारेको थियो।मलेसिया जाने युवाहरूसँग सरकारले तोकेकोभन्दा बढी रकम लिएर ठगी गरेको अभियोगमा भिएलएनका अध्यक्ष श्रेष्ठसहित ४० जना पक्राउ परेका थिए। पक्राउ परेका धेरै जसो व्यवसायीहरु धरौटीमा छुटिसकेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!